कला


जेठ २६ देखि प्रदर्शनमा आउँदै ‘वेलकम टु हेम्जाकोट’

जेठ २६ देखि प्रदर्शनमा आउँदै ‘वेलकम टु हेम्जाकोट’

नेपालखबर
जेठ १, २०८० सोमबार १०:५५, काठमाडौँ

ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नया प्रदर्शन मिति लक गरेको हो। यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो। चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

नाट्यकर्मी सुवलमणि सापकोटाद्धारा १ महिना वर्कशप प्रशिक्षण गराएर चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो। चलचित्र ४० खिचेर प्याकअप गरिएको थियो।

यो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, फेस्टिबलमा उपस्थित अतिथिले यसलाई मन पराएका थिए।

यसअघि चलचित्रमा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगाय कन्टेन्ट सार्वजनिक भएका छन्। यी प्रमोशनल कन्टेन्टलाई दर्शकले मन पराएका छन्।

पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको चलचित्रको नाम पनि त्यहीँबाट राखिएको हो। यसले स्थानीयस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार चलचित्रका डीओपी दीर्घ गुरुङ हुन्। कविराज गहतराज, गम्भिर विष्टको कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतमा इन्दिरा जोशी,  शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ।

चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन्।

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्ट्रेलिया, जापान लगायत विभिन्न देशमा चलचित्रको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए।

उनले भने, ‘अवार्ड समारोहमा हेर्ने अतिथीले दिएको प्रतिक्रियाले उत्साहित छु। आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad