कला


सलमानकी बहिनी अर्पिताको घरबाट हीराको झुम्का चोरी भएपछि..

सलमानकी बहिनी अर्पिताको घरबाट हीराको झुम्का चोरी भएपछि..

फाइल तस्बिर : बहिनी अर्पिताका साथमा सलमान खान र अर्पिताका श्रीमान् आयुष शर्मा।


नेपालखबर
जेठ ४, २०८० बिहिबार ९:१, काठमाडौँ

सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरबाट ५ लाख (भारु) बराबरको गरगहना चोरी भए पनि प्रहरीको सक्रियतामा फेला परेको छ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार अर्पिताले प्रहरीमा उजुरी दिएपछि चोर आफ्नै घरकै व्यक्ति भएको पत्ता लागेको हो। 

प्रहरीको अनुसन्धानमा चोरी गर्ने व्यक्तिको नाम सन्दीप हेगडे रहेको खुलेको छ। उनी अर्पिताको घरमा हाउस हेल्पको काम गर्थे। 

सन्दीपले ५ लाख मूल्यको हीराको झुम्का चोरी गरेका थिए । अर्पिताले जेठ १६ गते राति आफ्नो घरबाट चोरी भएको उजुरीमा बताइन् । तुरुन्तै कारबाही गर्दै प्रहरीले सोही रात सन्दीपको घरबाट हीराको झुम्का बरामद गरेको थियो।

चार महिनादेखि अर्पिताको घरमा काम गरिरहेका सन्दीप मे ११ राति गहना चोरेर फरार भएको अनुसन्धानबाट खुलेको छ।

सन्दीप बाहेक अर्पिताको घरमा अन्य ११ जना काम गर्छन्। प्रहरीले सन्दीपविरुद्ध ईपीसी धारा ३८१ (चोरी) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad