बलिउड अभिनेता सलमान खान चलचित्र सुटिङका क्रममा घाइते भएका छन्। उनले बिहीबार आफ्नो काँधमा चोट लागेको जानकारी दिएका छन्।
उनले ट्वीट गर्दै आफ्नो आगामी चलचित्र 'टाइगर ३' को सेटमा चोट लागेको जानकारी दिएका छन्।
‘जब तपाईंलाई लाग्छ नि आफ्नो काँधमा दुनियाँको बोझ छ। यसो भन्ने दुनियाँको कुरा छाड्नु पाँच किलोको डम्बल उठाएर देखाउनु, टाइगर घाइते छ।’
यस पोस्टमा उनले एक तस्वीर पनि शेयर गरेका छन्। जसमा उनको पिठ्युँमा चोटबाट राहत दिने ब्यान्डेज लगाइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, यशराज फिल्म्सको 'टाइगर ३' मा सलमान खानसँगै कटरिना कैफले अभिनय गरिरहेकी छन्।
मनीष शर्माको निर्देशनमा बनिरहेको यो एक्सन थ्रिलर आगामी नोभेम्बरमा रिलिज हुँदैछ।
— Salman Khan (@BeingSalmanKhan) May 18, 2023Wen u think u r carrying the weight of the world on your shoulders , he says duniya ko chodo paanch kilo ka dumbbell utha ke dikhao .Tiger Zakhmi Hai . #Tiger3 pic.twitter.com/nyNahitd24
Shares

प्रतिक्रिया