कला


फिल्म उद्योगसँग हारेकी रेबिका

फिल्म उद्योगसँग हारेकी रेबिका

नेपालखबर
जेठ १०, २०८० बुधबार १५:२८, काठमाडौँ

नायिका रेबिका गुरुङले लामो करिअरको दौडमा फिल्म उद्योगमा होमिइन्। फिल्म ‘मारुनी’मा सह–नायिकाको रुपमा काम गरिन्। फिल्म उद्योगमा ठिकठाकै चल्यो। रेबिकाले पनि ठिकै चर्चा पाएकी हुन्।

‘मारुनी’ पछि रेबिकाले ‘काँडेतार’ र ‘गोर्खा वारियर २’मा अभिनय गरिन्। दुवै फिल्म प्रदर्शन भएका छैनन्। रेबिकाले भने फिल्म रिलिज अगावै उद्योगबाट हरेश खाएकी छन्। उनले यी दुई फिल्म बाहेक अरु फिल्ममा अब काम नगर्ने बताएकी छन्।

उद्योगबाट टाढा हुनुको कारणबारे प्रश्न गर्दा रेबिकाले आफ्नो पढाइलाई देखाएकी छन्। भन्छिन्, ‘पढाईमा ध्यान दिनु पर्ने भएर उद्योगबाट टाढा हुन खोज्दैछु।’

तर केकी अधिकारी लगायतका केही कलाकारले फिल्म र करिअर सँगै सँगै अगाडि बढाएर आफूलाई उद्योगमा अब्बल साबित गरेका छन्। त्यसैले रेबिकाले अध्ययनका लागि मात्रै उद्योग छोड्न तयार भएको कुरामा विश्वास गर्न तयार छैनन् उनका दर्शक।

त्यसो त रेबिका सामाजिक सञ्जालमा पनि त्यति धेरै भेटिने कलाकार होइनन्। पातलो रुपमा भेटिने सञ्जालबाट पनि टाढा रहने उनले बताएकी छन्। तर फिल्म ‘काँडेतार र गोर्खा  वारियर २’को प्रचारमा भने साथ दिने बताएकी छन्।

रेबिकाले फिल्म ‘गोर्खा वारियर २’को पत्रकार सम्मेलनमा आफूले फिल्म उद्योगमा ‘कम्फर्टेबल’ महसुस नगरेको बताएकी थिइन्। आफ्नो स्वभाव भन्दा उद्योगमा उल्टो वातावरण रहेको बताएकी रेबिकाले अन्ततः उद्योग छाड्ने निधो गरेकी हुन्।

रेबिका फिल्म उद्योगमा आउँदा पनि सपना देखेर आएकी कलाकार भने होइनन्। कलेजका सुरुवाती दिनमा उनी विभिन्न इभेन्टहरूमा मोडलिङ गर्थिन्। टिभीका विज्ञापनमा काम गर्थिन्। भन्छिन्, ‘मेरो यात्रा त्यहीँबाट सुरु भएको हो। तर, फिल्म खेल्छु भन्ने सोचेकै थिइनँ।’

एकदिन पुनम गौतमले उनलाई फेसबुकमा रिक्वेस्ट पठाएर ‘मारुनी’मा कामको अफर गरिन्। रेबिका तयार भइन्। रेबिका ‘खुशी’ आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य मान्छिन्। सायद उद्योगमा उनको त्यहि लक्ष्य पो भेटिएन की?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .