ad ad

कला


‘द केरला स्टोरी’लाई राजनीतिबाट जोगाउन सकिँदैन : अनुराग कश्यप

‘द केरला स्टोरी’लाई राजनीतिबाट जोगाउन सकिँदैन : अनुराग कश्यप

नेपालखबर
जेठ १५, २०८० सोमबार १३:३३, काठमाडौँ

फिल्म मेकर अनुराग कश्यपले अदा शर्माको फिल्म ‘द केरला स्टोरी’लाई राजनीतिबाट जोगाउन नसक्ने बताएका छन्। 

अनुरागले फिल्मलाई प्रोपोगान्डा फिल्म भन्दै गैरराजनीतिक हुन गाह्रो रहेको तर्क गरेका छन्।

‘द केरला स्टोरी’का बारेमा कुरा गर्दै अनुरागले आफू यो फिल्ममाथि प्रतिबन्धको विरुद्धमा रहेको तर फिल्म प्रोपोगान्डा भएको बताए। 

अदाले अहिले प्रचार गरिएजस्तो फिल्म नभएको भन्दै यो सबै प्रोपोगान्डा भएको बताएका हुन्। विवादका बाबजुद पनि चलचित्रले हलमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

हालै आफ्नो फिल्म ‘केनेडी’ लिएर ७६ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएका अनुरागले आजको युगमा राजनीतिबाट कोही पनि अछुतो नरहेको बताए। 

उनले प्रतिप्रचारमा बेइमानी हुनसक्ने तर इमानदार भएर लड्न नसक्ने बताए।

यसअघि कमल हसनले पनि ‘द केरला स्टोरी’ लाई प्रोपोगान्डा फिल्म भनेका थिए। उनले फिल्मप्रति आपत्ति जनाउँदै आफू त्यस्ता फिल्मविरुद्ध रहेको बताए। 

पछि उनलाई जवाफ दिँदै फिल्मका निर्देशक सुदिप्तो सेनले फिल्म नहेरेकाले यो फिल्मलाई प्रचारको नाम दिइरहेको बताएका थिए।

यी सबै बयानबीच सुदीप्तो सेन निर्देशित फिल्म ‘द केरला स्टोरी’ले हलमा राम्रो प्रतिक्रिया पाइरहेको छ। 

मे ५ मा रिलिज भएको यो फिल्मले हालसम्म विश्वभर २६४.४ करोड कमाएको छ। फिल्ममा अदा शर्मा, योगिता बिहानी, सिद्दी इडवानी र सोनिया बलानीले शिर्ष भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .