पछिल्लोपटक ‘बुलाकी’ फिल्म निर्देशन गरेका लक्ष्मण सुनारले नयाँ फिल्म घोषणा गरेका छन्। उनको नयाँ फिल्म ‘फनफनी’ शीर्षकमा बन्ने भएको हो।
फिल्मको घोषणा गर्दै लक्ष्मणले अभिनेतामा आर्यन अधिकारीलाई अनुबन्ध गरेका छन्।
तिहारपछि फ्लोरमा जाने फिल्ममा आर्यनसँग अभिनय गर्ने कलाकार भने फाइनल हुने क्रममा छन्। आर्यन पनि केही दिनअघि मात्रै फिल्ममा अनुबन्ध भएका हुन्।
कमेडी तथा पारिवारिक कथामा निर्माण हुने यो फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले लगानी गरेका छन्।
यो फिल्मको छायांकन नेपाल, भारत र अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्देशक सुनारले बताएका छन्।
फिल्मका अन्य कलाकार तथा प्राविधिक टिम पनि चाँडै फाइनल गर्ने सुनारले जानकारी दिएका छन्।
21
Shares

प्रतिक्रिया