साउथका सुपरस्टार प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ रिलिज हुनुअघि नै फिल्मलाई लिएर दर्शकमा एक उत्साह देखिन्छ।
चलचित्रमा रामायणलाई फिक्सनमा फिक्सन गरी आधुनिक प्रविधिको प्रयोग गरी नयाँ ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा प्रभास र कृति सेननको लुकको पनि निकै चर्चा भइरहेको छ।

तर रामायणको कथामा बन्न लागेको यो पहिलो फिल्म होइन।यसभन्दा पहिले पनि रामायणमा आधारित धेरै फिल्म र सिरियल बनेका छन्, जसमा धेरै कलाकारले रामको भूमिका निर्वाह गरेर चर्चा कमाइसकेका छन्।
आउनुहोस्, प्रभासअघि रामायणको 'राम'को भूमिकामा देखिएका पाँच रामको चर्चा गरौँ।
जितेन्द्र
वरिष्ठ अभिनेता जितेन्द्रले पर्दामा श्रीरामको भूमिका निर्वाह गरेका छन्। सन् १९९७ मा रिलिज भएको फिल्म ‘लव कुश’ मा जितेन्द्र श्रीरामको भूमिकामा देखिएका थिए भने अरुण गोविल यस फिल्ममा लक्ष्मणको भूमिकामा थिए। रोचक त के भने पछि यिनै अरुण चर्चित टेलिश्रृंखला रामायणमा रामको भूमिकामा देखिए, जुन 'राम'को भूमिकामा देखिने अहिलेसम्मकै चर्चित पात्र हो।
अरुण गोविल
प्रेम अदिब
ठुलो पर्दामा रामको भूमिका निर्वाह गर्ने कलाकारहरूको चर्चा गर्दा प्रेम अदीबको नाम छुट्दैन। प्रेम अदीबले एक वा दुई होइन, आठवटा फिल्ममा रामको भूमिका निभाएका छन्। उनका फिल्महरूमध्ये एक 'राम राज्य' पनि हो, जुन महात्मा गान्धीले आफ्नो जीवनमा हेरेको एक मात्र फिल्म हो।
त्रिलोक कपूर
पृथ्वीराज कपूरका भाइ त्रिलोक कपूरले प्राय: पौराणिक फिल्महरूमा काम गरे। उनी 'श्रीरामभक्त हनुमान' फिल्ममा श्रीरामको भूमिकामा देखिएका थिए।
महिपाल
महिपालले सन् १९६१ मा रिलिज भएको फिल्म सम्पूर्ण रामायणमा रामको भूमिका निभाएका थिए। यसबाहेक उनले धेरै पौराणिक फिल्ममा पनि काम गरे, तर सबैभन्दा बढी चर्चित उनको राम भएरै भए।
Shares

प्रतिक्रिया