कला


लामो दारी, कपाल र हेल्मेटसहित प्रमोदको अदृश्य लुक्स सार्वजनिक

लामो दारी, कपाल र हेल्मेटसहित प्रमोदको अदृश्य लुक्स सार्वजनिक

नेपालखबर
असार १८, २०८० सोमबार १८:४२, काठमाडौँ

अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको सिनेमा अदृश्यको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको सिनेमा आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको हो।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ। उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ, भने पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन्।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन्।

मिना बस्नेत निर्माता र सिएम भारद्धाज सुवेदी सह निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad