कवि सुशान्त थापाको चौथो कवितासंग्रह 'लभ्स क्रेडल' प्रकाशित भएको छ।
प्रकाशन गृह 'वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङ'ले संयुक्त राज्य अमेरिका तथा सेनेगलबाट संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो। पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका एकसय एघार थान कविताहरू समेटिएका छन्।
मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह 'द पोयटिक बर्डन', 'एब्स्ट्रयाक्टसन एन्ड अदर पोयम्स' र 'मिनेट्स अफ मेरिट' प्रकाशित भइसकेको छ। प्रेम, वियोग र जीवनका अनेक आयाममाथि थापाले लेखेका छोटा कविताहरू स्पेनिस, उज्बेकलगायत भाषामा अनुवाद भइसकेका छन्।
विराटनगर निवासी कवि थापा अध्यापन पेशामा संलग्न छन्।
36
Shares

प्रतिक्रिया