कृषा चौलागाईको डेव्यु निर्देशकिय सिनेमा 'ऐंचोपैंचो'को टिजर सार्वजनिक गरिएको छ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा बुलबुल फ्रेम्ड स्वस्तिमा खड्का र मुकुन भुषालका साथमा वर्षा राउत रहेकी छन्।

फिल्ममा सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ।
रेनिश फागोकको कलर, सत्यम राणाको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन रहेको फिल्ममा भोला सुवेदी प्रोडक्सन कन्ट्रोलर रहेका छन्। फिल्ममा विनय राज पौडेलको मुख्य सहायक निर्देशन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
Shares

प्रतिक्रिया