गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन्।
शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन्। सपुतलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छिन्।
प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्।
गीतमा गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।
मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्।
549
Shares

प्रतिक्रिया