कला


कोभिड प्रभावित बच्चाका लागि मिस नेपालहरूको ‘बार्बी’ सो (भिडिओ)


सरोज नेपाल
साउन ६ , काठमाडौँ

पूर्व मिस नेपालहरूको संस्था ‘दि फर्मर मिस नेपाल्स क्लब’ ले कोभिड महामारीमा अभिभावक गुमाएका बालबच्चाको शिक्षादीक्षामा सहयोग गर्न भन्दै शुक्रबार विश्वभर रिलिज भएको हलिउड सिनेमा ‘बार्बी’ को च्यारिटी सो गरेको छ।

सिभिल मलस्थित क्यूएफएक्स सिनेमामा शुक्रबार ६ बजेको ‘सो’ राखेको क्लबले एउटा टिकटलाई १५ सयमा बेचेको थियो। ‘सो’बाट उठेको रकम कोभिडबाट प्रभावित बच्चाका लागि खर्च गरिने बताइएको थियो।

अस्कर अवार्डमा नामांकित ‘लिटल वुमन’ र ‘लेडी बर्ड’ लेखक तथा निर्देशक ग्रेटा ग्रेविगको ‘बार्बी’ कथा बच्चा र तन्नेरी महिलाहरूबीच निकै लोकप्रिय मानिन्छ।

त्यसैले यो सिरिजले लामो समयदेखि काँचको पर्दामा आफ्नो अस्तित्व कायम गर्दै आइरहेको छ। यसको प्रसिद्धिका कारणले पनि होला तपाईंले गुगल सर्च  इन्जिनमा ‘बार्बी’बारे केही खोज्नुभयो भने ल्यान्डिङ पेज नै गुलाबी देखाउँछ।

‘च्यारेटी सो’ हेर्न आउनेहरूको संख्या राम्रै देखिन्थ्यो। सोमा आएकी रेशाले बार्बी चरित्र सानैदेखि हेर्दै आइरहेकोले यो सिनेमा ‘फन’ हुने भन्दै रमाइरहेकी थिइन्। ‘हामी बच्चादेखि नै बार्बीसँग खेलेर हुर्किएकोले रमाइलो होला भन्ने लागिरहेको छ,’ रेशा उत्साहित हुँदै भन्छिन्, ‘बार्बी वर्ल्डबाट बार्बी आउँछिन्। सबै पिंकी हुन्छ। म त एक्साइटेड छु।’

भिडिओ:

साउन ६, २०८० शनिबार १४:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .