कला


गीत गाइरहेका बेला जब अमेरिकन र्‍यापर कार्डी बीलाई खाइरहेको ‘ड्रिङ्क्स’ छ्यापियो...(भिडिओ)

गीत गाइरहेका बेला जब अमेरिकन र्‍यापर कार्डी बीलाई खाइरहेको ‘ड्रिङ्क्स’ छ्यापियो...(भिडिओ)

नेपालखबर
साउन १५, २०८० सोमबार १२:३१, काठमाडौँ

गत असार १० गते रोमानियामा स्टेजमा गीत गाइरहेका बेला गायक प्रकाश सपुतलाई एक्कासि दर्शकको भीडबाट खाइरहेको बियरको बोतलले हानियो।

बियरसहितको बोतल उनको नाकमा बजारियो। तर उनी नाक समाउँदै चुपचाप स्टेजबाट बाहिरिए। करिब आधा घण्टापछि स्टेजमा फर्किए र आफूलाई बोतल हान्ने नेपाली युवकलाई कुनै कारबाही नगर्न आयोजकसँग आग्रह गरे। 

पछि आक्रमणकारी युवकलाई भेटेर उनले माफी दिँदै प्रहरीमा दर्ता भएको मुद्दा फिर्ता गराए र आगामी दिनमा यसो नगर्न सम्झाइबुझाइ गरे। गायक सपुतको सहनशीलता र महानताको निकै चर्चा भयो। 

तर लगभग यस्तै घटनामा अमेरिकन र्‍यापर कार्डी बीले भने तत्काल बदला लिएकी छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई पनि शनिबार स्टेजमा गीत गाइरहेका बेला दर्शकको भीडबाट कसैले खाइरहेको ड्रिङ्क्स छ्याप्यो। तत्काल उनले पनि हातको माइक्रोफोनले ती व्यक्तिलाई बजाएकी हुन्। जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  

अमेरिकन र्‍यापर कार्डी बी आफ्नो देशमा मात्र होइन, संसारभर चर्चित छिन्। नेपाली प्रशंसकमाझ पनि उनी लोकप्रिय छिन्। उनका गीत र कन्सर्ट सधैँ चर्चामा हुने गर्छन्। 

त्यो भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad