कला


‘जय हो’को आक्रामक प्रचारमा केकी र सलोन

‘जय हो’को आक्रामक प्रचारमा केकी र सलोन

नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:८, काठमाडौँ

यहि भदौ ८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को प्रचारमा कलाकार आक्रामक देखिएका छन्। निर्माण टिमसँगै कलाकार केकी अधिकारी र सलोन बस्नेत प्रचारमा छन्। उनीहरुले दैनिक रुपमा फरक फरक प्रचार शैली अपनाइ रहेका छन्।

यसैबीच सिनेमाको टिम शुक्रबार विहान चुच्चेपाटीस्थित मनास्लु कलेज पुगेर ‘जय हो’ प्रचार गरेको छ। कलेजका करिब एक हजार विद्यार्थीमाझ सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई जय होको बारेमा जानकारी दिएका थिए।

सिनेमाका मुख्य अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ गाएर सुनाएका थिए। करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग बिताएको थियो। निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन्। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .