कला


गायिका आस्था राउतले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

गायिका आस्था राउतले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

नेपालखबर
माघ १३, २०७६ सोमबार ४:२४,

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले काठमाडौं महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेकी छन्।

सोमबार बिहानै परिसर पुगेर उनले आत्मसमर्पण गरेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन्।

अब उनीविरुद्ध थप कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै प्रहरीले उनका आफन्तलाई पनि टेकुस्थित महानगरीय प्रहरी परिसर बोलाएको छ।

त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो।

त्यसपछि गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियाेमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन्।

सोही विषयमा विमानस्थलकी ती महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यही माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ।

घटनालगत्तै उनी आफू सांस्कृतिक कार्यक्रमका लागि सिक्किममा रहेको बताएकी थिइन्।  

याे पनि :

-गायिका राउतलाई पक्राउ गर्न प्रशासनको अनुमति

-गायिका राउतविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad