कला


इजरायलमा सम्पर्कविहीन अभिनेत्री नुसरत सम्पर्कमा, भारत फर्किने प्रयासमा

इजरायलमा सम्पर्कविहीन अभिनेत्री नुसरत सम्पर्कमा, भारत फर्किने प्रयासमा

नेपालखबर
असोज २१, २०८० आइतबार ११:२८, काठमाडौँ

द्वन्द्वग्रस्त इजरायलमा शनिबारदेखि सम्पर्कविहीन बलिउड अभिनेत्री नुसरत भरुचा आज (आइतबार) बिहान आफ्नो टिमको सम्पर्कमा आएकी छन्। 

‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन इजरायल पुगेकी नुसरत शनिबार दिनभर सम्पर्कविहीन भएकी थिइन्।

हमास र इजरायलबीच जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बनेसँगै उनी सम्पर्कविहीन भएकी थिइन्।

आज बिहानै उनी सम्पर्कमा आएको उनको टिमका एक सदस्यले बताएका छन्। 

अहिले अभिनेत्री नुसरत भारत फर्किने प्रयासमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनी भारत फर्किन इजरायलस्थित एयरपोर्ट क्षेत्रमा पुगेको जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad