कला


अनमोल केसीलाई तीन दिन थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी, खोज्दै प्रहरी

अनमोल केसीलाई तीन दिन थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी, खोज्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार १५:३५, काठमाडौँ

केही दिनअघि नायक अनमोल केसीमाथि ठगी अभियोग लगाएर थुनाएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

थापाविरुद्ध आपराधिक विश्वासघात आरोपमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो। ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाललाई प्रहरीले पक्राउ गरी अदालतबाट ४ दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति पाइसकेको छ।

चलचित्र ‘प्रसाद २’ को विवादमा सुदर्शनसँगै पक्राउ पुर्जी जारी भएका ओएसआर डिजिटलका सञ्चालक अग्रवाल शुक्रबार दरबारमार्गबाट पक्राउ परेका थिए।

उक्त चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पुर्‍याएको भन्दै उजुरी परेपछि अग्रवाल पक्राउ परेका हुन्। त्यही प्रकरणमा थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएका उनीहरु दुवैजनाको खोजी भइरहेको छ। 

तीनैजनाविरुद्ध प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले जाहेरी दिएका थिए। अनौठो के छ भने यसअघि सुदर्शन थापाले जाहेरी दिँदा अनमोल केसी तीन दिनसम्म थुनिएका थिए। अब उनै थापाविरुद्ध पनि ठगी आरोपमा उजुरी परेको हो। 

प्रसाद-२ का निर्माता बस्नेतले आफ्नो अनुमति नै नलिई अग्रवाल, थापा र श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरेर आफूलाई एक करोड ५० लाख रुपैयाँ हानी गरेको जनाएका छन्।

तीनैजनाविरुद्ध ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभअन्तर्गत कारवाही मागसहित जिल्ला सरकारी वकिलमार्फत् महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad