कला


काठमाडौँ चलचित्र सहरका रुपमा छनोट

काठमाडौँ चलचित्र सहरका रुपमा छनोट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १३:२०, काठमाडौँ

चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ। 

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो।

यूसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने प्रबन्ध थियो। 

यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो।

सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन्। यस पटक ५५ वटा सहर थपिएका हुन्। 

रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन्। चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको काठमाडौँ महानगरपालिकाको प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad