कला


रणवीर भन्छन् : ‘एनिमल’मा मेरो क्यारेक्टर बहुआयामिक र जटिल छ

रणवीर भन्छन् : ‘एनिमल’मा मेरो क्यारेक्टर बहुआयामिक र जटिल छ

नेपालखबर
मंसिर ६, २०८० बुधबार १३:२९, काठमाडौँ

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ डिसेम्बर १ मा रिलिज हुँदैछ। रिलिजको तरखरमा हुँदा अहिले रणवीर फिल्मको प्रमोसनमा व्यस्त छन्। यसैबीच, रणवीरले ‘एनिमल’ मा आफ्नो चरित्र बहुआयामिक र जटिल रहेको बताएका छन्।

‘एनिमलको स्क्रिनमा फरक रूपमा देखिनु मेरो लागि जानाजानी छनोट हो। मलाई चुनौती सामना मन लाग्छ। एनिमलले मेरो यसअघिको अनस्क्रिन छविबाट बहुआयामी र जटिल चरित्रमा प्रवेश गर्ने अवसर दियो,’ एक अन्तर्वार्तामा रणवीर भन्छन्, ‘कलाकारलाई निरन्तर विकास र दर्शकलाई सप्राइज गर्न महत्त्वपूर्ण छ। त्यो मैले एनिमलबाट गर्न पाएँ।’

रणवीर आफ्नो अभिनयको नयाँ पक्षलाई दर्शकले मन पराउनेमा आशावादी छन्। उनले एनिमल उत्कृष्ट फिल्म बनेको सुनाए।

उनी भन्छन्, ‘एनिमल एक मनमोहक र गहन चलचित्र हो। यो मानवीय भावना र सम्बन्धको गहिराइमा समाहित हुन्छ। यसले जीवनका जटिलता र हाम्रो छनोटलाई बाहिर ल्याउँछ। जसले दर्शकलाई कथामा बाँधेर राख्छ। एनिमलमा मेरो चरित्र शक्ति, चुनौती र अप्रत्याशितको एक मिश्रण हो।’

यो फिल्म क्राइम ड्रामा जनरामा आधारित छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, बबी देओल, अनिल कपुर, तृप्ति डिमरी लगायतको अभिनय छ। सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको फिल्म हिन्दीसहित पाँच भाषामा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad