कला


दर्शकको मन जित्दै टेलिशृंखला ‘सीता’, सुनिशाको पनि चर्चा

दर्शकको मन जित्दै टेलिशृंखला ‘सीता’, सुनिशाको पनि चर्चा

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १६:२७, काठमाडौँ

टेलिश्रृखंला ‘सीता’ दर्शकहरुको रोजाईमा पर्न सफल भएको छ। प्रसारण भएको २ महिना नपुग्दै यो सिरियल दर्शकमाझ अहिले निकै लोकप्रिय छ। 

मंगलबार राति ८ बजे हिमालय प्रिमियमा प्रसारण हुने यो सिरियल आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमा पनि आउँछ। ‘सीता’ लाई युट्युवमा दर्शकको राम्रो साथ मिलिरहेको छ। किनकी प्रायजसो ‘सीता’ का प्रत्येक एपिसोड ट्रेन्डिङमा आइरहेका हुन्छन्। 

अहिले पनि सीताका दुईवटा एपिसोड ट्रेन्टिङको सूचीमा छन्। 

यतैसाताको मंगलबार सार्वजनिक भएको एपिसोड ट्रेन्टिङको छैंठो नम्बरमा छ। जसलाई दुईदिनमा १० लाख बढीले हेरेका छन्।  

त्यसैगरी, ट्रेन्डिङको १५ औं स्थानमा रहेको गत साताको एपिसोडलाई २० लाख बढी भ्यूज मिलेको छ। घरेलु हिसांको विषयवस्तुमाथि बनेको सिरियलको कथावस्तु र अभिनयले दर्शकले ध्यान खिचिरहेको छ।

सहिन प्रजापतिको लेखन/निर्देशनमा बनेको सिरियलमा सीताको भूमिकामा सुनिशा बजगाईं छिन्। सुनिशा अहिले बुहारी क्यारेक्टमा कारण चर्चामा समेत छिन्। 

सुनिशा र सहिनसहित बालकृष्ण ओली, राजु भुजु, तारा केसी, सामिया कार्की, सविता गुरुङ, आरके मानन्धर, बासु खनाल, शिषिर अर्याल, उत्तम आचार्य लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad