कला


काठमाडौँमा गुञ्जिए चर्चित भारतीय गायक अरिजित सिंह (तस्बिर)

काठमाडौँमा गुञ्जिए चर्चित भारतीय गायक अरिजित सिंह (तस्बिर)

नेपालखबर
मंसिर ९, २०८० शनिबार २१:४२, काठमाडौँ

चर्चित भारतीय गायक अरिजित सिंह काठमाडौँमा छन्। शनिबार अपरान्हबाट उनी चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा सहभागी छन्। 

कन्सर्टमा सहभागी हुन उनी शुक्रबारनै काठमाडौं आएका थिए। गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले उनलाई काठमाडौंमा कन्सर्टका लागि बोलाएका थिए। 

आयोजकले यो कम्सर्टलाई नेपालकै ठूलो हुने दाबीसमेत गरेको छ। कन्सर्टमा प्रयोग भएका सबै सामान भारतबाट ल्याइएको हो। 

‘अरिजीत सिंह लाइभ इन नेपाल’ मा अरजितले नेपाली फ्यानमाझ आफ्ना गीतहरू पस्किएका छन्। आयोजकले कन्सर्टमा १५ हजार बढी दर्शकको उपस्थिति रहेको दाबी आयोजकले गरेको थियो। 

अरिजीत सिंहका ‘तुम हि हो’, ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘अपना बनाले’, ‘खैरियत’ लगायतका थुप्रै गीतहरू चर्चित छन्। 

तस्बिरहरू : सामाजिक सञ्जालबाट


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad