सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘कङ्गारु’मा अर्पण थापा अनुबन्धित भएका छन्।
थापा र फिल्मको निर्माण पक्षबीच आज औपचारिक रूपमा सम्झौता भएको हो।
प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) को प्रस्तुति रहेको फिल्ममा कलाकारहरूको लाइनअप बलियो बन्दै गएको छ।
फिल्ममा नाजिर हुसेन र केदार घिमिरे (माग्ने बुढा) यसअघि नै जोडिइसकेका छन्।
सीमा गुरुङको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा छ। सस्पेन्स, थ्रीलर एवं कमेडी जनरामा बन्ने फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन्।
यसअघि बस्नेतले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा बनाएका थिए। निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा रहेको र दर्शकले भिन्नै स्वादमा हेर्न मिल्ने बताए।
फुलमुन मोसन पिक्चर्स, उत्तरगया म्युजिक एन्ड फिल्म र आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो।
Shares

प्रतिक्रिया