प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ ले आक्रामक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिन विश्वभर १७८ करोड ७० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ।
घरेलु बक्सअफिसमा पनि ‘सलारः पार्ट १ सीज फायर’ ले बम्पर ओपनिङ गरेको छ। भारतभरि सबै भाषामा ९३ करोड ४५ लाख कमाई गरेको छ।
जसमध्ये तेलुगतर्फको कमाई ६९.५ करोड रुपैयाँ हो।
पहिलो दिनको कलेक्सनले ‘सलार’ सन् २०२३ को सबैभन्दा ठूलो ओपनर बनेको छ। जसले ‘बाहुबली’ फ्रेम्ड प्रभासलाई पनि फाइदा पुर्याएको छ।
किनकी पछिल्लो समय उनले अभिनय गरेका तीनवटै फिल्म फ्लप भएका थिए।
आज पनि सलारको अकुपेन्ची राम्रो रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
केजीएफ फेम्ड प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।
यो फिल्म तमिलसहित मलयालम, तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।
Shares

प्रतिक्रिया