कला


‘सलार’ मा समावेश हिंसाको बचाउमा पृथ्वीराज भन्छन् : हिंसाबिना फिल्म अधुरो हुन्छ

‘सलार’ मा समावेश हिंसाको बचाउमा पृथ्वीराज भन्छन् : हिंसाबिना फिल्म अधुरो हुन्छ

नेपालखबर
पुस ९, २०८० सोमबार १७:२, काठमाडौँ

प्रभास र पृथ्वीराज सुकुमारन अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’ले आक्रामक कमाई गरिरहेको छ। यस फिल्मले तीनदिनमै विश्वभर ४०० करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ।

एडल्ड सर्टिफिकेट पाएको यस फिल्ममा हिंसा र काटमार दृश्यहरु अधिक मात्रामा छन्। पृथ्वीराजले हिंसा र काटमारका दृश्यको बचाउमा बोलेका छन्।

‘सलार’ मा वर्धाको भूमिकामा देखिएकी पृथ्वीराजको अहिले चर्चा भइरहेको छ। निर्देशकले आफ्नो कथामा हिंसा खिच्न चाहन्छ भने उसलाई त्यो गर्न छुट दिनुपर्ने उनको तर्क छ।

‘फिल्ममा हिंसा, रगत र मृत्युलाई चित्रण गरिएको हुनाले सर्टिफिकेटको बारेमा दर्शकलाई पहिलेनै जानकारी दिइएको थियो। को थिएटर जान्छ, कसले फिल्म हेर्नसक्छ त्यो कुरामा नजर राख्रेगरि प्रदर्शनीक्षेत्रमा सेन्सरसिफ हुनुपर्छ। तर, एक अभिनेताको नाताले हामीले आफूले चाहेको कुरा स्वतन्त्रता हुनुपर्छ भन्ने मैले विश्वास गर्छु।’

‘सलार’मा खिचिएका हिंसात्मक दृश्यका सम्बन्धमा पृथ्वीराजले भने, ‘सलारमा हिंसा फिल्मको कथाको प्रमुख पात्र हो। फिल्मको कथालाई अगाडि बढाउनको लागि यो पनि महत्त्वपूर्ण छ। यस्तो अवस्थामा हिंसाविना ‘सलार’ अधुरो हुन्छ।’

शान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’ तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। ‘सलार’मा प्रभास र पृथ्वीराज टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad