फिल्म ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायाङ्कन सकिएको छ। पहिलो चरणको सुटिङ नेपाल र भारतमा ३० दिन लगाएर सकिएको हो।
नेपालको झापा, इलामसाथै भारतको सिकिम, दार्जीलिङ,जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा फिल्मलाई खिँचिएको हो। यस फिल्मको बाँकी छायाङ्कन अमेरिकामा गरिने फिल्मका निर्देशक मित्र प्रधान (नर) ले बताए। अमेरीकामा रहेका प्रधान नेपाली भुटानी साहित्यकार हुन्।
फिल्मको अभिनेत्री मेरो डान्स कप युएसएको फस्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छिन्।
यस फिल्ममा आयुषासहित रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन,सुबास भन्डारी,बिजय सुब्बा लगायतको अभिनय छ।
मित्र प्रधानको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ। यस फिल्मले नेपाली भाषा, साहित्य, कला, ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन्रु भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले सुनाए।
शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ।
Shares

प्रतिक्रिया