प्रशान्त निल निर्देशित दक्षिण भारतीय फिल्म ‘सलार’ले विश्वभर ५०० करोड रुपैयाँ भारुको व्यापार गरेको छ। प्रभासको मुख्य भूमिका रहेको यस फिल्मले प्रदर्शनको छैटौँ दिनमा यो आँकडा पार गरेको हो।
त्यसैगरी घरेलु बक्सअफिसमा भने ‘सलार’ले २९७ करोड कलेक्सन गरिसकेको छ। ‘सलार’ले लाइफटाइम ७०० देखि ८०० करोड भारुको आँकडा पार गर्ने भारतीय ट्रेन्ड एनालिस्टको अनुमान छ।
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको ‘सलार’ले पहिलो दिन भारतभर ९०.७ करोडको ओपनिङ गरेको थियो। ‘सलार’ सन् २०२३ कै सर्वाधिक ओपनिङ गर्ने फिल्म समेत हो।
दोस्रो दिन ५६.३५ करोड भारु कमाउँदा तेस्रो दिन ६२.०५ भारुको व्यापार गर्न सफल भयो। सोमबार ४६ करोड कलेक्सन गर्दा मंगलबार २३.५० करोड भारुको मात्रै व्यापार गरेको थियो। त्यस्तै, बुधafर भने ‘सलार’ले भारतभर १७ करोड भारु कमाएको छ।
प्रशान्तकै लेखन रहेको यो तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।
शाहरुख खान स्टारर बलिउड फिल्म ‘डंकी’ पनि ३०० करोड क्लबमा प्रवेश गरेको छ।
यस फिल्मले सातौँ दिनमा विश्वभरबाट ३१० करोड भारुको व्यापार गरेको हो। घरेलु बक्सअफिसमा भने ‘डंकी’ले १५१ करोड भारुको आँकडा पार गरेको छ।
राजकुमार हिरानीको निर्देशन रहेको डंकीमा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया