कला


मेनुकाले गीतको लिरिक्स बिर्सिएपछि सञ्जय दत्तले दिए हौसला

मेनुकाले गीतको लिरिक्स बिर्सिएपछि सञ्जय दत्तले दिए हौसला

नेपालखबर
पुस २३, २०८० सोमबार १६:१८, काठमाडौँ

नेपालकी चेली मेनुका पौडेल ‘इन्डियन आइडल १४’ कारण चर्चामा छिन्। लगातार दमदार प्रस्तुतिले मेनुकाले सबैको मन जितिरहेकी छिन्।

तर, आइतवार प्रसारित एपिसोडमा भने मेनुकाले सहजै गीत गाउन सकिनन्। स्टेजमा पुगेकी मेनुकाले ‘कभी मुझको याद करके’ गाउन सुरु गर्छिन्। तर, गीतको लिरिक्स बिर्सिएपछि मेनुका गाउँदा गाउँदै रोकिन्छिन्।

त्यसपछि उनको मुटुको धड्कन बढेको भन्दै चिकित्सकले उनको प्रेसरदेखि हर्ट बिट नापे। डाक्टरले जाँचिसकेपछि उनले पुनः प्रस्तुतिलाई निरन्तरता दिइन्।

नेपाल आइडलको हिजोको एपिसोडमा अभिनेता सञ्जय दत्त पुगेका थिए। मेनुकाले शब्द बिर्सिंदा सान्तवना दिन जजसहित सञ्जय पनि स्टेजमै पुगे।

मेनुकाको गायकीको तारिफ गरिरहेका सञ्जयले आफूले क्यान्सर जितेको बताउँदै मेनुकालाई हार नमान्न समेत हौसला दिए।

बटन फोरमा परेपनि मेनुका टप ११ मा प्रवेश गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad