कला


प्रभास स्टारर 'कल्की २८९८' मे ९ बाट रिलिज हुने

प्रभास स्टारर 'कल्की २८९८' मे ९ बाट रिलिज हुने

नेपालखबर
पुस २७, २०८० शुक्रबार १७:४६, काठमाडौँ

प्रभास अभिनित बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'कल्की २८९८' को नयाँ पोस्टर सार्वजनिक भएको छ।

पोस्टरसहित फिल्मको नयाँ रिलिज डेट समेत तय गरिएको छ। यो फिल्म अब आउँद मे ९ बाट विश्वभर रिलिज हुनेछ। 

प्रभासले इन्स्टाग्राममा फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, 'अब भविष्यको काउन्टडाउन सुरु भएको छ। कल्कि २८९८ सन् २०२४ मे ९ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ।'

यसअघि यो फिल्म यही जनवरीमा रिलिज हुने भनिएको थियो। तर, अहिले हलमा प्रभासकै फिल्म 'सलार' रहेकाले व्यापारलाई असर पर्न नदिन मिति सारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यस फिल्ममा प्रभाससहित दीपिक पादुकोण, अमिताभ बच्चन र कमल हसनको पनि अभिनय छ। नाग अश्विनको निर्देशनमा बनेको यो चलचित्रमा भगवान विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

६ सय करोडको बजेटमा बनेको यस फिल्मबाट प्रभासले धेरै अपेक्षा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad