फिल्म ‘१२ गाउँ’ बाट एक्सन अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन्। होम प्रोडक्सनबाट बन्ने फिल्मबाट उनी नेपाली सिनेमामा पाइला राख्दैछन्।
विराजले स्वयम फेसबुकमार्फत समीरको डेब्युबारे जानकारी दिएका हुन्। विराजका छोरा समीर भारतमा अभिनयसहित मार्सल आर्ट र जिम सिकिरहेका छन्।
सुरुमा विराज छोरालाई यस फिल्मबाट डेब्यु गराउन चाहँदैनथे। तर, फिल्मको कथामा समीर फिट हुने भएपछि उनलाई लिन लागेको बताइको छ। थ्रिलर जनरामा बन्ने फिल्ममा विराजको निर्माण र निर्देशन रहनेछ।
सन्तोष सरकारको कथा र पटकथा रहेको फिल्ममा विराज पनि मुख्य भूमिकामा देखिनेछन्। यस फिल्मको छायाङ्कन फागुनबाट सुरु हुने बताइएको छ।
विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्। २०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए। जुन फिल्ममार्फत पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।
Shares

प्रतिक्रिया