कला


निफको सातौं संस्करण चैत १ गतेबाट, ४० देशका ८८ फिल्म देखाइने

निफको सातौं संस्करण चैत १ गतेबाट, ४० देशका ८८ फिल्म देखाइने

नेपालखबर
माघ २, २०८० मंगलबार १६:३२, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण आगामी चैत १ गतेदेखि सुरु हुँदैछ। नेपाल सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने फिल्ममा ४० देशका ८८ फिल्महरु देखाइनेछ।

काठमाडौंमा आयोजित कार्यक्रमबीच नेपालीसहित विभिन्न भाषाका ८८ फिल्म देखाइने आयोजकले जनाएका छन्। ‘विश्वभरिका कथाहरुको उत्सव’ नारा रहेको फेस्टिभलमा ६० देशबाट ५०० बढी फिल्मबाट ८८ फिल्म छनोट गरिएको हो।

फेस्टिभलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरि फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ। महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशि सहित गौतमबुद्ध अवार्ड दिइनेछ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आइएफएफएस डन अवार्ड प्रदान गरिनेछ।

महोत्सवमा उत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ। यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।

यो वर्ष पनि क्युएफएक्स सिनेमाजका सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलहरुमा फिल्म प्रदर्शन महोत्सकका निर्देशक केपी पाठकले जानकारी दिए।

मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशमा महोत्सवलाई विस्तार गर्ने समेत तयारी गरेको छ। प्रदेशमा महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिचर फिल्म प्रदर्शन गरिनेछन् ।

चैत ५ गतेसम्म हुने महोत्सवमा चलचित्रसम्बन्धी विभिन्न विषयमा छलफल समेत चल्नेछन्। महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधामा रहेर कार्यशाला, छलफल र अन्तर्किया कार्यक्रम समेत हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad