कला


'अगस्त्य' बाट निश्चलको लुक्स सार्वजनिक

'अगस्त्य' बाट निश्चलको लुक्स सार्वजनिक

नेपालखबर
माघ ४, २०८० बिहिबार १६:८, काठमाडौँ

फिल्म ‘अगस्त्य: च्याप्टर १’ बाट निश्चल बस्नेतको लुक्स सार्वजनिक भएको छ।

निश्चलको जन्मदिनको अवसरमा उनको पोस्टर सार्वजनिक गरेर निर्माण टिमले दर्शकलाई सरप्राइज दिएको हो। उनी यस फिल्ममा अजित पात्रको भूमिकामा देखिनेछन्। 

यसअघि फिल्ममा मुख्य कलाकारको सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै व्यापक प्रचार गरिएको थियो। तर, निश्चलको गेटअपसहितको पोस्टर सार्वजनिक गरेसँगै दर्शकमा कौत्हलता थपेको छ। 

‘अगस्त्य’मा निश्चलको महत्वपूर्ण भूमिका रहेको खुलेको यस फिल्मका निर्देशक तथा लेखक सौरभ चौधरीले बताए। फिल्म भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ। 

यस फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि अभिनय रहेको छ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। यो फिल्म आगामी फागुनको १८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad