कला


रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (तस्बिरहरू)

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ ५, २०८० शुक्रबार १४:४०, काठमाडौँ

काठमाडौंको नयाँबानेश्वरमा कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी भइरहेको छ। 

नयाँबानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गरिरहेका छन्। 

नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनी गरेको बताए। 

१७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरूमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गरेका हुन्।

उनले आफ्ना कार्टुन चित्रमार्फत समाजको चित्र देखाउन खोजेको बताएका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad