कला


बलिउड अभिनेता सैफ अली खान अस्पताल भर्ना

बलिउड अभिनेता सैफ अली खान अस्पताल भर्ना

नेपालखबर
माघ ८, २०८० सोमबार १३:४५, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ। सोमबार बिहान ८ बजे अस्पताल भर्ना गरिएका उनको घुँडाको शल्यक्रिया भइरहेको छ।

त्यहाँ उनकी श्रीमती करीना कपुर पनि छिन्। उनको घुँडा र काँधमा चोट लागेको दैनिक भाष्करले उल्लेख गरेको छ। तर,  चोटको वास्तविक कारण खुलेको छैन। 

सैफसँग यस्तो भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१६ मा फिल्म 'रंगुन' को सेटमा पनि उनी घाइते भएका थिए।

त्यतिबेला उनको औँलामा चोट लागेको थियो। त्यसपछि उनलाई तत्काल कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ सानो शल्यक्रियापछि डिस्चार्ज गरिएको थियो।

त्यसैगरि, फिल्म 'क्या कहना' को एक दृश्यका लागि सैफले बाइक स्टन्ट गर्नुपर्ने थियो।

त्यो खतरनाक स्टन्टका  लागि सैफ हरेक दिन जुहुस्थित समुद्री किनारमा अभ्यास गर्थे।

सैफले यो स्टन्ट गर्न सक्ने बताएपछि पूरै टिम सुटिङका लागि खण्डला पुग्यो। उनीहरूले जुहुको समतल सतहमा अभ्यास गरेका थिए। तर वर्षाका कारण सेट हिलो भएको थियो।

सैफले पहिलो पटक राम्रो स्टन्ट गरे। तर अगाडि उभिएकी प्रीति जिन्टालाई इम्प्रेस गर्न उनले फेरि स्टन्ट गर्ने निर्णय गरे।

यसपटक सैफले तीव्र गतिमा मोटरसाइकल चलाउँदा माटोमा चिप्लिए। सैफ हावा उडेपछि ३० पटक गुल्टिए र ढुङ्गामा खसे।

उनको टाउकोमा ठूलो ढुङ्गा ठोक्कियो। टाउको र अनुहारभरि रगत भएका उनलाई तत्कालै अस्पताल ल्याइयो। त्यतिबेला उनीसँग प्रीति जिन्टा मात्र थिइन्।

अस्पतालमा हस्ताक्षर गर्दा प्रीति काँप्दै थिइन्, किनभने धेरै रगत बगेर बाँच्दैनन् भन्ने लागेको थियो।

उपचारका क्रममा सैफलाई १०० वटा टाँका लगाइएको थियो। उनी केही महिनामै निको हुन सफल भए।

प्रीति जिन्टा अस्पतालमा पूरा समय उनीसँगै बसिन्। त्यतिखेर सैफको प्लास्टिक सर्जरी पनि गरिएको थियो।

सैफ आफैंले करणको शो 'कफी विथ करण' मा यसको खुलासा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad