‘बेबी प्लान’सहित हाल अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाबारे सामाजिक सञ्जालमा मत विभाजित छ। ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै सामाजिक सञ्जालमा आलोचकहरू तर्क गरिरहेका छन्।
यो बहस तातिरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छिन्।
‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो। अमेरिकामा किन राखेको?’ उनले लेखेकी छिन्।
देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो !!अमेरीकामा किन राखेको ?
काठमाडौँमै फोटोसुट गराएर अमेरिका उडेकी राप्रपा नेतृ समेत रहेकी थापाको विषयमा शनिबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत प्रसङ्ग उप्काएका थिए।
उनले रेखाप्रति नै संकेत गर्दै ‘एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन’ भन्दै राष्ट्रियताको पक्षमा भाषण गरेका थिए।
कतिपयले लिङ्देनको उक्त भाषणपछि रेखाको आक्रमक स्टाटस आएको बताएका छन्।
आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गर्ने गरेकी थापाले अमेरिकामै बेबी प्लान योजना आफ्नो भन्दा पनि श्रीमानको अधिकार र रुचिमा भएको बताएकी छिन्।
Shares

प्रतिक्रिया