कला


‘एनिमल’ हिट भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक

‘एनिमल’ हिट भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार १३:१९, काठमाडौँ

गत १ डिसेम्बरमा रिलिज भएको‘एनिमल’ बक्स अफिसमा सुपरहिट भयो। रणवीर कपुर र रश्मिका मन्दाना स्टारर फिल्मले विश्वभर ९०० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।

फिल्म सफल भएसँगै रश्मिकाले आफ्नो पारिश्रमिक बढाएको खबर बाहिरिएको छ। उनले अब फिल्ममेकरबाट एउटा फिल्मको लागि चार देखि साढे ४ करोड भारु डिमान्ड गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

सञ्चारमाध्यममा पारिश्रमिकबारे खबर आएपछि रश्मिकाले रमाइलो प्रतिक्रिया दिएकी छिन्।  

‘मलाई अचम्म लाग्छ यो कसले भन्दैछ। यो सबै देखेपछि मलाई लाग्छ कि मैले यो गर्नु पर्छ। र, यदि मेरा निर्माताहरूले किन सोध्छन्। तब म यति मात्र भन्छु। मिडियाले यस्तो भनिरहेका छन् सर। अनि मलाई लाग्छ उहाँहरूले जे भन्नुहुन्छ, त्यसैअनुसार चल्नुपर्छ। म के गरु?’ उनले ट्विट लेखेकी छिन्। 

एनिमलअघि रश्मिकाले बलिउड फिल्म ‘गुड बाई’ र ‘मिशन मजनु’ मा काम गरेकी थिइन्। तर, यी फिल्महरुले बक्सअफिसमा खासै कमाल गर्न सकेनन्। 

रश्मिका सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ मा अल्लु अर्जुनको अपोजिटमा देखिएकी थिइन्। जुन फिल्म उनको करियरकै ट्रनिङ प्वाइन्ट सावित भएको थियो। उनी ‘पुष्पा २’ मा समेत देखिँदैछिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad