कला


पोस्टरमा ‘महाजात्रा’का दुई जोडी

पोस्टरमा ‘महाजात्रा’का दुई जोडी

नेपालखबर
माघ २५, २०८० बिहिबार १२:२५, काठमाडौँ

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को पोस्टर सार्वजनिक भएको छ। भ्लालेन्टाइन सप्ताहको अवसरमा निर्माण टिमले फिल्मबाट दुई पोस्टर सार्वजनिक गरेको छ।

एउटा पोस्टरमा विपिन कार्की र वर्षा राउतको जोडीलाई देख्न सकिन्छ। अर्को पोस्टरमा दिव्य देव र गौमाया गुरुङ फिचर्ड छन्। 

यस फिल्ममा विपिन,वर्षा, दिव्य र गौमायासहित हरिवंश आचार्य, रविन्द्र सिंह बाँनिया, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ।  

प्रदीपकै लेखन रहेको यस फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको निर्माताका रुपमा रहेका छन्। षट्कोण आटर्सको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्। 

पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्म आगामी चैत ९ गतेबाट रिलिज हुनेछ। 

‘महाजात्रा’ हिट शृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछिको तेस्रो फिल्म हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad