बलिउड अभिनेता विक्की कौशललाई घाइते भएका छन्। केही दिनअघि फिल्म ‘छावा’ को सुटिङको सेटमा विक्की घाइते भएका थिए। फिल्मको इन्टेन्स एक्सन सिक्वेन्सको सुटिङका क्रममा उनलाई यो चोट लागेको थियो।
हालै सेलिब्रेटी फोटोग्राफर विरल भयानीले विक्की कौशलको एउटा भिडिओ सेयर गरेका छन् जसमा उनको बायाँ हात प्लास्टर गरिएको देखिन्छ।
भिडियोमा उनी कारबाट निस्किएर घरतर्फ लागेका छन्। उनको यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
विक्की कौशलको हातमा प्लास्टर देखेपछि फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
लक्ष्मण उत्रकरको यस फिल्ममा विक्कीसहित रश्मिका मन्दानाको मुख्य भूमिका हुनेछ। विक्की र रश्मिका पहिलोपटक स्क्रिन सेयर गर्दैछन्।
123
Shares

प्रतिक्रिया