ad ad

कला


रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा

रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा

नेपालखबर
फागुन ५, २०८० शनिबार १३:५९, काठमाडौँ

मोरङ क्षेत्र नम्बर ३ का सांसद सुनील शर्माले ‘उपहार’ले नेपाली फिल्मको उचाइ अझै माथि पुर्‍याउने बताएका छन्।

शुक्रबार सार्वजनिक भएको उक्त फिल्म हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै यसो भनेका हुन्।

‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ। फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो। निक्कै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको उचाइ अझै माथि लैजाने आशा राखेको छु’, उनले लेखेका छन्।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिलाको पीर-भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन्। स्मरणीय कुरा २०७९ मंसिरको निर्वाचनमा सुनिल शर्मा मोरङ ३ बाट रेखा भिडेकी थिइन्।

‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोकनिवासी चेली पनि हुन्। उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरूको पीर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन्। बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधैँ रहने छ। सहकार्य रहने छ। बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन्।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ।

खासगरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ। 

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ। ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ। 

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ। 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .