ad ad

कला


सूर्यज्योतिले १७५ रुपैयाँमै चलचित्रकर्मीको बिमा गर्ने

सूर्यज्योतिले १७५ रुपैयाँमै चलचित्रकर्मीको बिमा गर्ने

नेपालखबर
फागुन ६, २०८० आइतबार ८:३३, काठमाडौँ

चलचित्रकर्मीहरुले १७५ रुपैयाँमै एक लाख सम्मको बिमा गर्न पाउने भएका छन्। सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी र चलचित्र संरक्षण मञ्चबीच यस्तो सहमति भएको हो।

सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन । 

हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरी सहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिहं भण्डारी लगायतको उपस्थिति थियो।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य चलचित्रकर्मीको बिमा प्रकृया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिए। उनले अन्य चलचित्रकर्मीलाई पनि यो योजनाको लाभ लिन आग्रह गरेका छन्।

चलचित्रकर्मीहरुको कामका दौरान अथवा अन्य भवितब्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रकृया अघि बढाइएको महासचिव तेज गिरीले बताए। 

चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाख देखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकम अनुसार शुल्क फरक पर्न जाने उपमहासचिव गिरीले जानकारी दिए।

चलचित्रकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सय भन्दा बढी सक्रिय सदस्यहरु रहेका छन्। 

मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने बिश्वास लिएका छन्। 

यसैगरि इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्च मार्फत चलचित्रकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको बताए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .