ad ad

कला


अभिनेत्री रकुलप्रीतले कसिन् लगनगाँठो

अभिनेत्री रकुलप्रीतले कसिन् लगनगाँठो

नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:२७, काठमाडौँ

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह बन्धनमा बाँधिएकी छिन्। उनले निर्माता ज्याकी भगनानीसँग लगनगाँठो केसेकी हुन्।

उनीहरूले बुधबार गोवामा विवाह गरेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए। रकुलले आफ्नो विवाहमा तरूण तहिलियानीले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन्।

रकुल र ज्याकीले दुई वर्षदेखिको प्रेमलाई विवाहमा वपरिणत गरेका हुन्।

सन् २००९ मा कन्नड फिल्म ‘गिली’बाट अभियनमा डेब्यू गरेकी रकुलले सन् २०१४ मा ‘यारियाँ’बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

उनका प्रेमी ज्याकी ‘कठपुतली, गणपत, मिसन रानीगन्ज, बडे मिया छोटे मिया’ लगायत फिल्मका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .