ad ad

कला


फ्राइडे रिलिज : तीन विदेशी फिल्मसहित 'अगस्त्य' प्रदर्शनमा

फ्राइडे रिलिज : तीन विदेशी फिल्मसहित 'अगस्त्य' प्रदर्शनमा

agastya


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:४, काठमाडौँ

आज शुक्रबार नेपाली सिनेमाहलमा तीन विदेशी फिल्मसहित एक नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

नेपाली फिल्मतर्फ सौरभ चौधरी निर्देशित 'अगस्त्य: च्याप्टर १' भएको छ। त्यसैगरी विदेशीतर्फ हलिउड फिल्म 'ड्युन पार्ट २', भारतीय फिल्महरु 'अपरेसन भ्यालेन्टाइन' र 'लापता लेडिज'  हलमा लागेका हुन्।

आज कुनै पनि नेपाली फिल्म रिलिज नहुँदा 'अगस्त्य' ले सोलो रिलिजको मौका पाएको छ।

यस फिल्मले नेपालभरिका हलबाट राम्रो शो पाएको छ। सौरभकै लेखन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत लगायतको मुख्य भूमिका छ। 

हलिउड फिल्म 'ड्युन पार्ट २' डेनिस भिलिनभको निर्देशनमा तयार भएको हो। यस फिल्ममा टिमोथी चालमेट, रेबेका फर्ग्युसन, फ्लोरेन्स पग मुख्य भूमिकामा छन्। 

त्यसैगरी थ्रिलर र एक्सन जनरामा बनेको भारतीय फिल्म 'अपेशन भ्यालेन्टाइन' पनि रिलिज भएको छ। शक्ति प्रताप सिंह हाडा निर्देशित यस फिल्ममा वरुण तेज मानुसी छिल्लरको मुख्य भूमिका छ। 

त्यस्तै, कमेडी जनरामा बनेको बलिउड फिल्म 'लापता लेडिज' मा अतिशय जैन अखिल, शिवम घवारिया, नीतान्शी गोयलको अभिनय छ। किरण रावको निर्देशन रहेको यस फिल्मले दुई बेहुलीहरु साटिएको कथा पेश गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .