ad ad

कला


मोफसल यात्रामा निस्कियो ‘महाजात्रा’ टिम, यस्ता छन् कार्यक्रम

मोफसल यात्रामा निस्कियो ‘महाजात्रा’ टिम, यस्ता छन् कार्यक्रम

नेपालखबर
फागुन २१, २०८० सोमबार ११:२, काठमाडौँ

नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समूह दर्शक भेट्न मोफसल यात्रामा निस्किएको छ।

ट्रेलर सार्वजनिक गरिएको दिन नै ‘महाकमेडी यात्रा’अन्तर्गत फिल्मका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउतलगायतको टोली पोखरा पुगेको हो। 

पहिलो चरणअन्तर्गत फागुन २१ मा पोखराबाट सुरु हुने ‘महाकमेडी यात्रा’ २२ गते बुटवल र २५ गते धनगढीमा हुनेछ।

दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरु गरी चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा हुनेछ।

भ्रमणमा फिल्म युनिटसँगै अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन्।

‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ। दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता खत्रीले भने।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो शृङ्खला हो। ‘जात्रा’ शृ‌खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन्।

महाजात्रामा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा छ।

तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन्।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक ढंगले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ। फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .