जोन अब्राहम स्टारर बलिउड फिल्म ‘वेदा’ को टिजर सार्वजनिक भएको छ। डेढ मिनेटको टिजरमा जोन र शर्वरी एक्सन अवतारमा देखिएका छन्।
फिल्ममा जोन पहिलो पटक शर्वरी र तमन्ना भाटियासँग देखिनेछन्। फिल्ममा अभिषेक बनर्जीको पनि अभिनय छ। फिल्मको कथा शर्वरीले अभिनय गरेकी पात्र वेदा नामकी केटीको वरिपरि घुम्छ। आफूलाई कुनै संरक्षक नचाहिने वेदाले बताउँछिन्।
अब्राहम भने आफ्नो परिचय दिंदै जोनले आफूलाई लड्न जान्दैन, लड्न मात्रै थाहा भएको बताएका छन्। एक दृश्यमा जोनले सेनाको ड्रेस लगाएको पनि देखिन्छ। यसबाट अनुमान लगाउन सकिन्छ कि फिल्ममा जोन एक्सलाई आर्मी अफिसरको भूमिकामा देख्न सकिन्छ, जसले वेदको रक्षा गर्नेछ।
निखिल आडवाणी निर्देशित यो फिल्म १२ जुलाईबाट रिलिज हुँदैछ। यो फिल्ममार्फत जोन र निखिल दोस्रो पटक सँगै काम गर्दैछन्। यसअघि दुवैले सन् २०१९ मा रिलिज भएको ‘बाटला हाउस’ मा सँगै काम गरेका थिए।
Shares
प्रतिक्रिया