ad ad

कला


प्रदीप खड्काको अनुभव : अहिलेसम्म नभोगेको जातीय भेदभाव ‘मैत बहादुर’ पात्रभित्र भोगेँ

प्रदीप खड्काको अनुभव : अहिलेसम्म नभोगेको जातीय भेदभाव ‘मैत बहादुर’ पात्रभित्र भोगेँ

नेपालखबर
चैत ६, २०८० मंगलबार १६:४८, काठमाडौँ

पोखरामा नेपाली चलचित्र ‘पुजार सार्की’ मा उठान गरिएका विषयवस्तु माथि संवाद गरिएको छ। मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा भएको संवाद कार्यक्रममा सो अभिनेताद्वय आर्यन सिग्देल, प्रदीप खड्का पुगेका थिए।

अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजना गरिएको थियो। संवादमा ‘पुजार सार्की’ ले उठान गरेको अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो।

अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको बताए। उनले आफूले अभिनय गरिरहँदा ‘मैत बहादुर’ पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको बताए।

खड्काले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको बताउँदै यो विभेद हटाउन सबै चेतनसिल नागरिकबिच एकता हुन आवश्यक रहेको बताए।
अभिनेता आर्यन सिग्देलले जातिय विभेद गर्नु अन्धविश्वास रहेको सुनाए।

कार्यक्रममा निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति थियो। लेखक विकास सुवेदीले आफ्नो आँखाले देखेको कथालाई चलचित्रको कथामा रुपमा रुपान्तर गरेको बताए। सो कार्यक्रममा चलचित्र यूनिटलाई सम्मान पनि प्रदान गरिएको थियो।

पुजार सार्कीको छायाङ्कनको अन्तिम चरणमा छ। यसको छायाङ्कन कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोट र आसपासमा छायाङ्कन चलिरहेको छ। यस फिल्ममा आर्यन र प्रदीपसँगै पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .