कला


राजनीतिमा आउन लागेको हाे भन्ने प्रश्नमा उर्वशीको जवाफ : मैले टिकट पाएको छु

राजनीतिमा आउन लागेको हाे भन्ने प्रश्नमा उर्वशीको जवाफ : मैले टिकट पाएको छु

नेपालखबर
चैत ९, २०८० शुक्रबार १३:३०, काठमाडौँ

भारतीय अभिनेत्री उर्वशी रौतेला आगामी फिल्म ‘जहांगीर नेशनल युनिभर्सिटी’ लाई लिएर चर्चामा छिन्। फिल्म रिलिज हुनुअघि उर्वशी रौतेलाले राजनीतिसम्बन्धित धारणा राखेकी छिन्। 

उनले हेट स्टोरी ४,ग्रेट ग्राण्ड मस्ती, सनम रे र भर्जिन भानुप्रिया जस्ता फिल्ममा काम गरिसकेकी छिन्। करिब ११ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय उर्वशीले राजनीतिमा प्रवेश गर्ने योजना रहेको बताएकी छिन्।

उर्वशी रौतेलाले यो फिल्म रिलिज हुनुअघि नै राजनीतिमा आउने संकेत दिएकी छन्। यति मात्र होइन उनले चुनाव लड्ने टिकट पनि पाएको दाबी गरिन्। यद्यपी उर्वशीले राजनीतिमा आउने कि नगर्ने भन्ने निर्णय भने नगरेको सुनाइन्। 

हालै उर्वशीलाई कुराकानीमा राजनीतिमा कत्तिको रुचि छ भनेर सोधिएको थियो। जवाफमा रौतेलाले भनिन्, ‘मैले टिकट पाएको छु, त्यसैले राजनीतिमा जाने कि नगर्ने निर्णय मैले गर्नुपर्छ।’

उनले फ्यानहरुलाई आफू राजनीतिमा जाने कि नगर्ने भनेर बताउन आग्रह गरेका छन्। यद्यपी नायिकाले आफूलाई कुन राजनीतिक दलले टिकट दिएको भन्नेबारे केही भनेकी छैनन्।

विनय वर्माको निर्देशनमा बनेको ‘जहांगीर नेशनल युनिभर्सिटी’ मा युनिभर्सिटीभित्र कसरी राष्ट्रविरोधी गतिविधि भइरहेको छ भन्ने देखाउनेछ। फिल्ममा रौतेलासहित सिद्धार्थ बोड्का, पियुष मिश्रा, विजय राज र अतुल पाण्डे जस्ता कलाकारको मुख्य भूमिका रहेको छ। हालै फिल्मको टिजर सार्वजनिक भएको छ, जसले धेरैको ध्यान तानेको छ। यो फिल्म आगामी ५ अप्रिल रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .