गीतकार लीलाराज काम्बाङको म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक गरिएको छ।
२८ मिनेटको म्युजिकल फिल्म वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठसँगै अञ्जु पन्त, शिव परियारलगायतको उपस्थितिमा सार्वजनिक विमोचन गरिएको हो।
उक्त गीतमा साइराज खाती र मुना ठटालको स्वर छ।
खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन्। यूके बस्ने गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा स्माइलको संगीत छ।
एरेन्ज कुशल सिंहले गरेका हुन्। गीतकार प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजिकल फिल्मका रूपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए।
मेरो भ्वाइस युनिभर्समका दीप, अञ्जु र शिव जजसमेत थिए। कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठ पनि उपस्थित थिए।
गीतकार शंकर अधिकारी स्माईलले गीतको अडिओ र भिडिओमा आफूहरूले निकै मिहिनेत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे।
गीतको भिडिओमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ईमाइल लगायतको अभिनय छ।
विशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन्। भिडिओमा गणेश शाहीको कथा,कन्सेप्ट र निर्देशन छ।
Shares
प्रतिक्रिया