ad ad

कला


अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुने

अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुने

नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:१८, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करणको घोषणा भएको छ। मण्डला थिएटरको आयोजनामा हुने यो महोत्सव आगामी वर्षको चैतमा हुनेछ।  

आगामी वर्ष चैतमा विश्व रङ्गमञ्च दिवसको दिन समापन हुनेगरी महोत्सव आयोजना गरिने बताइएको छ।

मण्डला थिएटरका सोमनाथ खनालले ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ मुल अवधारणाका साथ आउँदो बैशाखमा महोत्सवको लागि नाटक आवेदन खुल्ने जानकारी दिए। 

महोत्सवमा देश विदेशमा करिब तीन दर्जन नाटक मञ्चन गर्नुका साथै थिएटरसम्बन्धि विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टर क्लास लगायत कार्यक्रम गरिनेछ। 

यो संस्करणको संयोजकको रुपमा युवा रङ्गकर्मी केदार श्रेष्ठ रहनेछन्।श् थिएटर मल नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेनका संस्थापक श्रेष्ठ नाटककार, कलाकार तथा निर्देशकका रुपमा परिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .