फिल्म ‘एनिमल’को सफलतापछि रणवीर कपूरले नयाँ कार किनेका छन्। उनले हालै ६ करोड भारतीय रुपैयाँ मूल्यको बेन्टले कन्टिनेन्टल जीटी-भी ८ किनेका छन्।
रणवीरले सडकमा उक्त लक्जरी कार चलाइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी मुम्बईको पाली हिलमा रहेको वास्तु अपार्टमेन्ट नजिक आफ्नो नयाँ कार चलाउँदै गरेको देखिन्छ।
यस डार्क सफायर ब्लू बेन्टले कन्टिनेन्टल जीटी-भी ८ को अनरोड मूल्य ६ करोठ भारु र एक्स-शोरुम मूल्य ५.२ करोड बताइएको छ। कारको टप स्पीड ३१८ किलोमिटर घण्टा रहेको छ।
एक भिडियोमा रणवीरले आफ्नो कार रोकेर एक वृद्ध व्यक्तिलाई मद्दत गरेको पनि देख्न सकिन्छ। रणवीरका फ्यानहरुले उनको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन्।
रणवीर रणवीर निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’को तयारीमा व्यस्त छन्। उनले छिट्टै साई पल्लवीसँग यो फिल्मको छायांकन सुरु गर्नेछन् ।
Shares
प्रतिक्रिया