कला


नेपाली फिल्म ‘डिग्री माइला’ नेपालमा भन्दा पहिले अमेरिकामा प्रदर्शन हुँदै

नेपाली फिल्म ‘डिग्री माइला’ नेपालमा भन्दा पहिले अमेरिकामा प्रदर्शन हुँदै

नेपालखबर
चैत २५, २०८० आइतबार १४:०, काठमाडौँ

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदै छ। साथै यो फिल्म यही अप्रिल ११ बाट अमेरिकामा रिलिज हुनेछ। 

सेभेन सिज इन्टरटेनमेन्टले विज्ञप्ति जारी गरी यो फिल्म अप्रिल ११ देखि अमेरिकामा डायस्पोरामा रिलिज हुन लागेको जानकारी दिएको छ। यसको अर्थ यो फिल्म नेपालमा भन्दा पहिले अमेरिकाका दर्शकले हेर्न पाउने भएका हुन्। 

अमेरिकामा डिग्री माइलाका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। प्रदर्शनकै दिन अभिनेता बुद्धि तामाङको उपस्थितिमा लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोसमेत हुनेछ। 

अप्रिल १२ देखि भने सिनेमा अमेरिकाको लस एन्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० भन्दा बढी सहरमा स्क्रिनिङ हुनेछ।

अप्रिल १९ देखि अमेरिकाकै सान फ्रान्सिस्काका २० भन्दा बढी सहरका सिने लाउन्ज, रिचमन्ड सिनेमार्कमा प्रदर्शन हुनेछ। अप्रिल २६ देखि डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ।

सिनेमा अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई सिनेमा देखाउने लक्ष्य रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ। अमेरिकाका ४० वटा भन्दा बढी थिएटरमा दैनिक शोमा फिल्म रिलिज गरिनेछ।

बाँसुरी फिल्मस्‌को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ। 

यही नाममा अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटक प्रदर्शन भएको थियो। यो फिल्म सोही नाटकमा आधारित छ। 

बाँसुरी फिल्मस्‌मले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर यो सिनेमा निर्माण गरेको हो।

यस फिल्ममा दयाहाङ र बुद्धिसहित आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad