केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको छ। सुन्धरास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले कुप्रथा र अन्धविश्वासले गडिएको एक गाउँको कथा समेटेको छ।
ट्रेलरमा मुख्य अभिनेत्री केकी अधिकारीलाई कथित बोक्सीको रुपमा प्रस्तुत गरिएको छ। अन्धविश्वासको आडमा उनलाई लगाएको बोक्सीको आरोपदेखि उनीमाथि गरिने शोषण र हिंसालाई ट्रेलरमा देख्न सकिन्छ।
वास्तविक घटनामाथि आधारित रहेर बनाइएको फिल्मको ट्रेलर रहस्यमय छ। जसले दर्शकहरुमा कौतहलता पैदा गर्छ। ट्रेलर हेर्दा कथाको प्रस्तुतिकरणदेखि पात्रहरुको गेटअप र अभिनयमा पनि मेहनेत देखिन्छ।
केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ माथि रहेर बनाइएको हो।
नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्।
फिल्ममा केकी र सुलक्षणसहित स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। यो फिल्म सामाजिक थ्रिलर जनरामा निर्माण भएको हो।
बद्रीबहादुर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। यो फिल्म आगामी वर्षको वैशाख १४ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया